आरती साह परिवारलाई गृहले वार्तामा बोलायो
गृहले प्रहरी प्रधान कार्यालय धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाउँदै साहका आफन्तलाई वार्तामा बोलाएको हो।
काठमाडौं, कात्तिक २१ : गृह मन्त्रालयले छोरीको न्याय माग्दै १५६ दिनदेखि आन्दोलनरत आरती साहका आफन्तलाई वार्तामा बोलाएको छ।
गृहले प्रहरी प्रधान कार्यालय धनुषाका प्रहरी प्रमुख विश्वराज खड्कालाई फिर्ता बोलाउँदै साहका आफन्तलाई वार्तामा बोलाएको हो।
आरतीका बुबा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन गृहले पीडित पक्षलाई पत्राचार गरेको छ।
गत जेठ ७ गते धनुषामा आरती आफ्नै घरमा मृत भेटिएकी थिइन्। दाइजोको नाउँमा आफ्नो छोरीको हत्या गरिएको र घटनाको अनुसन्धान कमजोर पाएिको भन्दै मृतक साहका माइतीपक्षले न्याय माग्दै लामो समयदेखि निरन्तर आन्दोलन गर्दै आएका थिए।
उनीहरूले धनुषा प्रहरी प्रमुख विश्वराज खड्काले घटनाको कमजोर अनुसन्धान गरेको र आफूहरुमाथि कुटपिट र दुव्र्यवहार गरेको भन्दै खड्कालाई जिम्मेवारीबाट नहटाएसम्म सरकारसँग वार्ता नगर्ने शर्त राखेका थिए।
हिजो खड्कालाई जिम्मेवारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएको उपप्रधान एवं गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले जानकारी दिए।











