Kathmandu Press

प्रहरी मिलेमोतोको चोरी मुद्दामा सुनुवाई

उक्त मुद्दामा न्यायाधीश कपिलमणि गौतमको इजलासमा थुनछेक बहस भइरहेको छ। सुनुवाई सकिएपछि पुर्पक्षमा थुनामा पठाउने वा धरौटी तथा साधारण तारेखमा रिहा हुने भन्ने आदेश आउने छ।
प्रहरी मिलेमोतोको चोरी मुद्दामा सुनुवाई

काठमाडौं, कात्तिक २१ : नेपाल प्रहरीका असई, सहायक हवल्दार र जवान समेतको मिलेमतोमा चोरी भएको दाबीसहित दायर एक मुद्दामा जिल्ला अदालत काठमाडौंमा सुनुवाई हुँदैछ ।

प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई सुनबहादुर तामाङ, सहायक हवल्दार खगराज अधिकारी, प्रहरी जवान भुवन बराल, सुनसरीको तरहरा घर भइ काठमाडौं बस्ने मदन पुरी र सोही ठाउँका सन्तोष पुरीलाई प्रतिवादी बनाएर दशैंअघि चोरी मुद्दा दायर भएको थियो।

उक्त मुद्दामा न्यायाधीश कपिलमणि गौतमको इजलासमा थुनछेक बहस भइरहेको छ। सुनुवाई सकिएपछि पुर्पक्षमा थुनामा पठाउने वा धरौटी तथा साधारण तारेखमा रिहा हुने भन्ने आदेश आउने छ।

कुमार रोकाको जाहेरी बमोजिम चोरी मुद्दा दायर भएको थियो । असोज २१ गते राति ठमेलबाट बालुवाटार जानेक्रममा राति नाटकीय रुपमा ४७ हजार रुपैयाँ चोरी गरेको भन्दै परेको जाहेरी अनुरुप अनुसन्धानपछि अभियोगपत्र दायर भएको हो । प्रहरी भ्यानमा राखेर डरधम्की दिँदै लुटपाट गरिएको प्रहरी दाबी छ।

 

प्रकाशित मिति: १३:५८ बजे, मंगलबार, कात्तिक २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्