भूकम्पका घाइतेसँग राष्ट्रपति पौडेल [तस्बिरहरू]
उनले भुकम्प प्रभावितहरूलाई आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफुले सरकारसँग कुरा गर्ने बताएका थिए।![भूकम्पका घाइतेसँग राष्ट्रपति पौडेल [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/4-1699344185.jpg)
जाजरकोट, कात्तिक २१ : भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्।
घाइतेहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गरेका थिए।
उनले भुकम्प प्रभावितहरूलाई आवश्यक बसोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफुले सरकारसँग कुरा गर्ने बताएका थिए।

‘तपाईहरूका लागि अल्पकालिन र दीर्घकालिन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता गर्न पर्दैन । म सरकारसँग कुरा गर्छु,’ राष्ट्रपतिको भनाई उदृत गर्दै प्रेस सल्लाहकार किरण पोखरेल भने।
सो अवसरमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भुकम्पबाट भएको क्षतिका बारेमा जानकारी गराएका थिए भने घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराएका थिए। गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल सुर्खेतबाट जाजरकोट पुगेका हुन । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेल सदरमुकाम खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्दारको अवस्थाका बारेमा जानकारी लिने छन्।

राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पुर्णबहादुर खड्का, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापति सहभागी छन्।














