जनताको स्वास्थ्य र सुरक्षाप्रति सरकार संवेदनशील छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकाे प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठी शुभारम्भ गर्दै उनले बजेट प्रतिस्थापन विधेयकमार्फत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी फरक ढंङ्गले कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
मोरङ, कात्तिक २१ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको स्वास्थ्य र सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन्।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकाे प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठी शुभारम्भ गर्दै उनले बजेट प्रतिस्थापन विधेयकमार्फत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी फरक ढंङ्गले कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्री कार्कीले जनसेवा र जनसुरक्षामा कमी हुन नदिन नयाँ स्वास्थ्य सुरक्षा नीति चाँडै घोषणा गरिने जानकारी दिए। उजले स्वास्थ्यकर्मी सरकारको अङ्ग भएकाले जनउत्तरदायी भएर कार्य गरेमा मात्र सरकारको सफलता देखिने बताए।
जनतालाई स्वस्थ बनाउन सेवा प्रवाहमा कुनै किसिमको हेलचेक्रयाई नगर्न निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले नैतिकवान् भएर स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरे।
उनले आफ्नो ध्यान सरकार टिकाउनु नभइ सुशासन कायम गरी जनअधकारप्रति उत्तरदायी भएर कार्य गर्नु रहेको विचार पनि व्यक्त गरे।
तीनदिने गोष्ठीमा प्रदेशका १४ जिल्लाका स्वास्थ्य कार्यालय, तालिम केन्द्र स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बीमा बोर्ड, जिल्ला अस्पताल, निजी शिक्षण अस्पताल, स्वास्थ्य क्षेत्रमा कार्य गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता छ।