सेनाको हेलिकोप्टरमा जाजरकोट पुगे राष्ट्रपति
भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न जाजरकोट पुगेका राष्ट्रपति पौडेल जाजरकोटपछि अर्को प्रभावित जिल्ला रुकुम पश्चिममा पनि जाने बताइएको छ।
काठमाडौं, कात्तिक २१ : राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि जाजरकोट पुगेका छन्।
राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरमा केहीबेर अघि जाजरकोट पुगेका हुन्।
शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न जाजरकोट पुगेका राष्ट्रपति पौडेल जाजरकोटपछि अर्को प्रभावित जिल्ला रुकुम पश्चिममा पनि जाने बताइएको छ।
भूकम्पपछि मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानु उपयुक्त नभएकाले राष्ट्रपति पौडेलले कात्तिक २२ देखि तय भएको युरोप भ्रमण स्थगित गरेका थिए।
प्रकाशित मिति: १३:१५ बजे, मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











