झापामा करेन्ट लागेर दुई जनाको मृत्यु
करेन्ट लागेर दमक नगरपालिका–३ स्थितमा भोजपुरका ४५ वर्षीय चंखबहादुर सार्की र कन्काई–६ का ३६ वर्षीय रामकुमार श्रेष्ठको मृत्यु भएको छ।
झापा, कात्तिक २१ : झापाका छुट्टाछुट्टै स्थानमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ।
झापाको दमक नगरपालिका–३ स्थित खोल्सीमा निर्माण भइरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका–११ का ४५ वर्षीय चंखबहादुर सार्कीको सोमबार साँझ करेन्ट लागेर मृत्यु भएको छ।
मोटरबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेर गम्भीप्र घाइते भएका उनको मोरङको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
यसैगरी कन्काइ नगरपालिका–३ स्थित घरमा टिनको छाना लगाउने क्रममा फलामे रडले बिजुलीको तारमा छोइँदा कन्काई–६ का ३६ वर्षीय रामकुमार श्रेष्ठलाई करन्ट लागेको थियो।
करेन्ट लागेर घाइते भएका उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:२८ बजे, मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











