भूकम्प पीडित कोषमा नेकपा एसको २५ लाख सहयोग
अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
काठमाडौं, कात्तिक २१ : नेकपा एकीकृत समाजवादी (एस)ले भूकम्प प्रभावित नागरिकको सहयोगार्थ कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराएको छ।
नेकपा एसले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावितहरूको उद्धार एवम् राहतका लागि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुद्वारा रकम संकलन गरी २५ लाख रुपैयाँ दैवी प्रकोप उद्धार कोषमा जम्मा गराएको हो।
अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
प्रकाशित मिति: ११:३० बजे, मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार