Kathmandu Press

पूर्वप्रधानमन्त्री नेपाल चीन जाँदै

नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्षका हैसियतमा चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा उनी पार्टीका केही नेतासहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जान लागेका हुन्।
पूर्वप्रधानमन्त्री नेपाल चीन जाँदै

काठमाडौं, कात्तिक २१ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज औपचारिक भ्रमणमा चीन जाने भएका छन्।

नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्षका हैसियतमा चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निमन्त्रणामा उनी पार्टीका केही नेतासहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जान लागेका हुन्।

अध्यक्ष नेपालको पाँच सदस्यीय प्रतिनिधिमण्डल पहिलो पटक चोटी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जान लागेको हो। त्यहाँ नेपाल नेतृत्वको टोलीले चीनको समाजवाद यात्रा र विकासका विषयमा अध्ययन गर्ने छ।
कृषिमन्त्री बेदुराम भुषाल सहित पाँच सदस्यीय नेपालको प्रतिनिधि मण्डल पाँच दिनपछि स्वदेश फर्किने छन्।

प्रकाशित मिति: ११:१८ बजे, मंगलबार, कात्तिक २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्