प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, दिउँसो २ बजे बस्ने
आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका दाहालले बैठकमा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनर्स्थापनाको सम्बन्धमा छलफल केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौं, कात्तिक २१ : प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वदलीय बैठक आव्हान गरेका छन्।
आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका दाहालले बैठकमा जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनर्स्थापनाको सम्बन्धमा छलफल केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कात्तिक १७ गते शुक्रबार राती जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
उक्त भूकम्पमा ठूलो मानविय र भौतिक क्षति पुगेको छ । आजको बैठकमा भूकम्प प्रभावितको राहत र पुर्नस्थापनाबारे छलफल गर्न उनले संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुलाई बोलाएका हुन्।
प्रकाशित मिति: ११:१३ बजे, मंगलबार, कात्तिक २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार