भाइटिकाको साइत कात्तिक २९ गते बिहान १०ः५१ मा
कार्तिक २९ गते परेको भाइटिकाको साइत भने विहान १० बजेर ५१ मिनेटमा रहेको छ।
काठमाडौं, कात्तिक २० : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले २०८० को तिहारको भाइटिकाको शुभसाइत सार्वजनिक गरेको छ।
कार्तिक २९ गते परेको भाइटिकाको साइत भने विहान १० बजेर ५१ मिनेटमा रहेको छ।
समितिका अनुसार कार्तिक २४ गते शुक्रबारका दिन यमदीपदान अर्थात धनत्रयोदशी (धन्तेरस) रहेको छ। यो दिन सुन चाँदी जस्ता धातुका वस्तु खरिद गर्नु एकदमै उत्तम मानिन्छ।
साथै कात्तिक २५ गते काग तिहार परेको छ भने २६ गते कुकुर तिहारसँगै लक्ष्मी पूजा पनि रहेको छ।
कात्तिक २७ गते सोमवार गाई तिहार रहेको छ । २८ गते गोवद्र्धन पूजा । म्हपूजा परेको छ भने सोही दिनबाट नेपाल संवत ११४४ प्रारम्भ हुनेछ।
प्रकाशित मिति: १८:५१ बजे, सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











