कोशीमा बजेट अध्यादेश पारित, तिहारपछि प्रतिस्थापन विधेयक ल्याइने

काठमाडौं, कात्तिक २० : कोशी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने भएको छ।
सोमबार सम्पन्न प्रदेशसभा बैठकले हिक्मत कार्की नेतृत्वको सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरेको छ। बजेट अध्यादेश पारित भएपछि प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको हो।
तिहार लगत्तै कोशी सरकारले प्रतिस्थापन विधेयक ल्याउने भएको छ। मंसिर १६ भन्दा अघि नै प्रतिस्थापन विधेयक ल्याउन तयारी छ।
प्रदेशसभाको बैठकले ‘प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक बर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ स्वीकृत गर्ने निर्णय लिएको छ।
प्रकाशित मिति: १८:०५ बजे, सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











