भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १०:५१ बजे

काठमाडौं, कात्तिक २० : यस वर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १०:५१ बजे परेको छ।
नेपाल पाञ्चांग निर्णायाक विकास समितिले आज एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएकाे हाे।
हिन्दु धर्मावलम्बीले तिहारकाे भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन रहेकाे छ। त्यसका लागि साइत हेर्ने गरिन्छ। उत्तम साइतमा टीका लगाउन नभ्याउनेले साँझसम्म लगाउने गरिन्छ।
यसपालिकाे तिहार यही २५ गते सुरू हुन्छ।
प्रकाशित मिति: १६:५४ बजे, सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











