Kathmandu Press

जाजरकोट केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युडको अर्काे भूकम्प

जाजरकोट केन्द्रबिन्दु बनाएर ५.८ म्याग्निच्युडको अर्काे भूकम्प

काठमाडौं, कात्तिक २० : जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो। 

जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

भूकम्पको झड्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको छ। भारतको राजधानी नयाँ दिल्लीमा पनि भूकम्पको धक्का महसुस गरिएको समाचार संस्था एएनआईले जनाएको छ।

यसअघि शुक्रबार राति ११ बजेर ४७ मिनेटको समयमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसका परकम्पहरु आइरहेका छन्।

प्रकाशित मिति: १६:५४ बजे, सोमबार, कात्तिक २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्