काेशीमा उद्धव थापाको राजीनामा अस्वीकृत, दलकाे नेताकाे जिम्मेवारी कायमै

विराटनगर, कात्तिक २० : नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत भएकाे छ।
संसदीय दलको सोमबार बसेको बैठकले थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो। उोफ निर्णयसँगै थापा पुरानै जिम्मेवारीमा फर्किएका छन्। बैठकमा मुख्यमन्त्री केदार कार्कीले थापालाई राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्कन आग्रह गरेका थिए।
बैठकले यसअघि राजीनामा दिएका उपनेता हिमाल कार्की र प्रमुख सचेतक भूपेन्द्र राईलाई पनि जिम्मेवारीमा फर्कन आग्रह गरेको बताइएकाे छ।
काेशीमा दुईपटक मुख्यमन्त्रीमा नियुक्त भए पनि विश्वासकाृ मत लिन नसकेको थापाले अन्ततः केन्द्रीय नेतृत्वको निर्णयबमोजिम मुख्यमन्त्री दाबी छाडेर प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार सरकार गठनको आह्वान हुँदा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अघि सार्ने निर्णयमा समर्थन जनाएका थिए।
तर कांग्रेसका ८ सांसदसहित विद्रोह गर्दै केदार कार्की २७ असोजमा एमालेको समर्थनमा मुख्यमन्त्री बने। पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै थापाले नैतिकताका आधारमा २८ असोजमा दलको नेताबाट राजीनामा दिएका थिए। केन्द्रीय नेतृत्वले लाई जिम्मेवारी फर्किन आग्रह गरेकाे थियाे।











