Kathmandu Press

भूकम्पमा परी जाजरकोटमा एक शिक्षक र ११ जना विद्यार्थीको मृत्यु

भूकम्पका कारण दुईजना शिक्षक र २० जना विद्यार्थी घाइते भएका छन्। प्रारम्भिक अनुगमनबाट भूकम्पका कारण जाजरकोटका दुई सय १३ विद्यालयमा क्षति पुगेको जनाइएको छ।
भूकम्पमा परी जाजरकोटमा एक शिक्षक र ११ जना विद्यार्थीको मृत्यु

जाजरकोट, कात्तिक २० : गत शुक्रबार गएको विनाशकारी भूकम्पमा परी जाजरकोटमा एक शिक्षक र ११ जना विद्यार्थीको मृत्यु भएको छ। 

भूकम्पका कारण दुईजना शिक्षक र २० जना विद्यार्थी घाइते भएका छन्। प्रारम्भिक अनुगमनबाट भूकम्पका कारण जाजरकोटका दुई सय १३ विद्यालयमा क्षति पुगेको जनाइएको छ।

९१ विद्यालय पूर्ण रुपले क्षति पुगेको जनाइएको छ। यस्तै एक सय २२ विद्यालयमा आंशिक क्षति पुगेको छ। 
 
प्रकाशित मिति: १६:१५ बजे, सोमबार, कात्तिक २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्