Kathmandu Press

राष्ट्रपति पौडेल भाेलि भूकम्प प्रभावित क्षेत्रमा जाने

राष्ट्रपति पौडेल भाेलि भूकम्प प्रभावित क्षेत्रमा जाने

काठमाडौं, कात्तिक २० : राष्ट्रपति रामचन्द्र पौडेल भाेलि (मंगलबार) बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन्।

शुक्रबार मध्यरातमा गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न उनी ती क्षेत्रमा जान लागेको राष्ट्रपतिकाे कायार्लयले जनाएकाे छ।

भूकम्पले देश पीडामा परेकाे भन्दै राष्ट्रपति पौडेलले आज (कात्तिक २०) देखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका छन्।प्राकृतिक विपतको बेला राष्ट्रपति विदेश भ्रमण जान अनुपयुक्त हुने आवाज चाैतर्फी रूपमा उठेकाे थियाे।

भूकम्प गएकै भाेलिपल्ट प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भूकम्प प्रभावित क्षेत्रमा गएका थिए।

प्रकाशित मिति: १६:११ बजे, सोमबार, कात्तिक २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्