Kathmandu Press

भूकम्पपीडितलाई २५ लाख दिने नेकपा एसकाे निर्णय, प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल

भूकम्पपीडितलाई २५ लाख दिने नेकपा एसकाे निर्णय, प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल

काठमाडौं, कात्तिक २० : नेकपा एकीकृत समाजवादीले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा उद्धार, राहत लगाएतका सहयोगका लागि उपमहासचिव प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरेको छ।

सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट अनुगमन र सहयोगका लागि ज्वालाको नेतृत्वमा अमर थापा, नन्दा चपाई, धन बहादुर बुढा लगायतसहितको अनुगमन राहत तथा उद्धार कार्यदल गठन गरेको हो।

बैठकले पार्टीको कार्यकर्ताबाट आर्थिक संकलन गरी सरकारको केन्द्रीय राहत कोषमा २५ लाख जम्मा गर्ने निर्णय गरेको छ भने पार्टीका मन्त्रिहरु , सांसदहरु र जनप्रतिनिधि एवं राजनीतिक नियुक्तिमा गएकाहरुबाट १५ दिनको पारिश्रमिक पार्टी कोषमा जम्मा गर्न निर्देशन दिएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकले माघको १४ देखि १८ गतेसम्म हुने पार्टीको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ भने पार्टी अध्यक्ष माधव नेपाल नेतृत्वको टोलीको मंगलबारबाट सुरु हुने चीन भ्रमणले दुईदेशको सम्बन्ध थप प्रगाढ बढाउने विश्वास लिइएको खतिवडाले बताए। त्यस्तै पार्टीको १५ दिने समाजवादी जागरण अभियानको समीक्षा गर्दै प्रभावकारी रुपमा सम्पन्न भएको निष्कर्ष निकाल्दै अभियानलाई सफलतापूर्वक सम्पन्न गर्नेप्रति धन्यवाद प्रकट गरेको छ। 

प्रकाशित मिति: १५:३५ बजे, सोमबार, कात्तिक २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्