जाजरकोट भूकम्पमा घाइतेको उपचारका लागि तरुण दलकाे सक्रियतामा रक्तदान

काठमाडौं, कात्तिक २० : जाजरकोट भूकम्पमा घाइतेहरुको उपचारका लागि नेपाल तरुण दलले रक्तदान गरेको छ।
भूकम्प बाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तरुण दलले बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले सोमबार भृकुटीमण्डप प्रांगणमा बृहत् खुल्ला रक्तदान कार्यक्रम गरेको जनाएको छ।
रगतको अभाव भएकाले आफ्नो तर्फबाट त्यसलाई कम गर्न प्रयास स्वरुप रक्तदान कार्यक्रमको आयोजना गरेको तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिए। उनले भूकम्पपिडितका लागि आर्थिक संकलन गरेको र सहयोग गर्ने बताए।
रक्तदानमा काठमाडौँ उपत्यकामा रहेका विद्यार्थी, युवा सहभागी रहेका थिए।
प्रकाशित मिति: १५:१२ बजे, सोमबार, कात्तिक २०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











