Kathmandu Press

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले उक्त भ्रमण स्थगित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

काठमाडौं, कात्तिक २० : राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ।

भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले उक्त भ्रमण स्थगित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति यही कात्तिक २२ गते फ्रान्स जान लागेका थिए। पौडेल त्यहीँबाट जर्मनी र इटाली भ्रमणमा जाने कार्यक्रम पनि तय भएकाे थियो ।

प्रकाशित मिति: १४:५६ बजे, सोमबार, कात्तिक २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्