प्रहरी समायोजनबारे मधेश प्रदेशले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
सोमबार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकमा विभिन्न चारवटा कुरामा छलफल भएको मधेश प्रदेशका गृह तथा सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले बताएका छन्।-1699261303.jpeg)
काठमाडौं, कात्तिक २० : मधेश प्रदेश सरकारको सर्वदलीय बैठक सम्पन्न भएको छ।
सोमबार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकमा विभिन्न चारवटा कुरामा छलफल भएको मधेश प्रदेशका गृह तथा सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले बताएका छन्।
बैठक पश्चार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री समिमले शुक्रबार काठमाडौं गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेबारे छलफल भएको जानकारी दिएका हुन्।
उनले प्रदेश निजामती ऐन, प्रहरी समायोजन, गुठी र वन सम्बन्धी विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको बताए।
उनले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्रमार्फत मागहरु पूरा गर्ने अल्टिमेटम दिने, र उक्त अवधिमा माग पूरा नभए मुख्यमन्त्रीसहित, प्रदेशका मन्त्रीहरु काठमाडौंमा धर्नामा बस्ने निर्णय भएको पनि बताए।
उक्त विषयमा २२ गत्ते पत्रकारसम्मेलनमार्फत थप जानकारी दिने सर्वदलिय बैठकबाट निर्णय भएको छ।











