Kathmandu Press

भूकम्पकमा ज्यान गुमाएका चिउरी गाउँका १३ जनाको सामूहिक दाहसंस्कार

भूकम्पकमा ज्यान गुमाएका चिउरी गाउँका १३ जनाको सामूहिक दाहसंस्कार

जाजरकोट, कात्तिक २० : जाजरकोटको नलगाड नगरपालिका-१ स्थित चिउरी गाउँ यतिबेला गाउनै शाेकमा डुबेको छ। शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको भूकम्पमा परी चिउरी गाउँका १३ जनाको मृत्यु भएको थियो।

Earthquake-in-Jajarkot-district--Nepal-Photo-Library15-1699260105.jpg

मृत्यु हुनेमा कसैले  पाँच वर्षीय छोरा गुमाएका छन् भने कसैले परिवारका चारजनासम्म गुमाएका छन्। गाउँका अधिकांश घरमा मानवीय क्षति भएपछि आइतबार उनीहरुको सामूहिक दाहसंस्कार गरिएको छ। गाउँका सबै मिलेर शवहरुलाई भेरि नदी किनारम ल्याएर सामुहिक दाहसंस्कार गरेका छन्।

Earthquake-in-Jajarkot-district--Nepal-Photo-Library16-1699260105.jpg

चिउरी गाउँमा  लगभग १००  घरधुरी छन्। यीमध्ये अधिकांश घरमा बस्न नमिल्ने गरी भत्किएका छन्।शुक्रबार राति घटना भएपछि सबै गाउँले केही  पालको जोहो गरि बारीमा बस्न बाध्य छन्। जाजरकोट को सदरमुकाम खलंगाबाट दक्षिणको यो गाउँ पुग्न १ घन्टा कच्ची बाटो पार गर्दै पुग्न सकिन्छ।

Earthquake-in-Jajarkot-district--Nepal-Photo-Library13-1699260104.jpg

स्थानीयका अनुसार शुक्रबारदेखि निरन्तर पराकम्पहरु गइरहेका छन्। त्यही त्रासमा उनीहरू अहिले बारीमा सुतिरहेका छन्। ‘बाहिर बस्नलाई त्रिपालसम्म पनि भएन,  राहत का सामान आए भन्छन् तर अहिलेसम्म गाउँमा  न कोहि सहयोग गर्ने आए न कोहि सरकारी संयन्त्र,' एक स्थानीयले भने।

Earthquake-in-Jajarkot-district--Nepal-Photo-Library14-1699260104.jpg

शुक्रबार रातिको भूकम्पले अहिले सम्म जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने रुकुम पश्‍चिममा ५२ जनाको मृत्यु भएको छ। भूकम्पले ९ सय ३७ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।

Earthquake-in-Jajarkot-district--Nepal-Photo-Library12-1699260103.jpg

Earthquake-in-Jajarkot-district--Nepal-Photo-Library10-1699260102.jpg

Earthquake-in-Jajarkot-district--Nepal-Photo-Library11-1699260102.jpg

Earthquake-in-Jajarkot-district--Nepal-Photo-Library8-1699260100.jpg

Earthquake-in-Jajarkot-district--Nepal-Photo-Library4-1699260094.jpg

Earthquake-in-Jajarkot-district--Nepal-Photo-Library7-1699260096.jpg

Earthquake-in-Jajarkot-district--Nepal-Photo-Library6-1699260096.jpg

Earthquake-in-Jajarkot-district--Nepal-Photo-Library9-1699260100.jpg

Earthquake-in-Jajarkot-district--Nepal-Photo-Library5-1699260094.jpg

Earthquake-in-Jajarkot-district--Nepal-Photo-Library2-1699260093.jpg

Earthquake-in-Jajarkot-district--Nepal-Photo-Library1-1699260093.jpg

Earthquake-in-Jajarkot-district--Nepal-Photo-Library3-1699260093.jpg

प्रकाशित मिति: १४:३८ बजे, सोमबार, कात्तिक २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्