Kathmandu Press

जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय व्यवसायीलाई राष्ट्रपतिको आग्रह

उनले नेपालको पर्यटन, कृषि,सूचना प्रविधिलगायतका क्षेत्रपनि लगानीको प्रचुर सम्भावना भएको क्षेत्र रहेको भन्दै उक्र क्षेत्रमा लगानी बढाउन लगानीकर्तालाई आग्रह गरे।
जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय व्यवसायीलाई राष्ट्रपतिको आग्रह

काठमाडौं, कात्तिक २० : राष्ट्रपति रामाचन्द्र पौडेलले नेपालको जलविद्युतमा लगानी गर्न अन्तर्राष्ट्रिय समुदाय र उद्यमी व्यवसायीलाई जलविद्युतको आग्रह गरेका छन्। नेपालको जलविद्युतमा लगानी गर्न चाहनेका लागि महत्वपूर्ण अवसर रहेको राष्ट्रपति पौडेलले चर्चा गरेका छन्।

आजदेखि काठमाडौंमा सुरु भएको ‘एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री कन्फेडेरेसन’को ३७ औँ सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय समुदायलाई उर्जा उत्पादनको क्षेत्रमा लगानी गर्न आग्रह गरे।

‘नेपालमा लगानीको अवसरहरु बढ्दै गएका छन्। लगानी सहज बनाउने कानूनहरु निर्माण भइसकेका छन्। अब भारत र बंगलादेश नेपाली विद्युतको बजार बन्दैछ,’ पौडेलले भने, ‘विद्युत व्यापारका क्षेत्रमा पपिछल्लो समय भएका प्रगतीले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोलेको छ । नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न म सबैलाई आह्वान गर्दछु।’

उनले नेपालको पर्यटन, कृषि,सूचना प्रविधिलगायतका क्षेत्रपनि लगानीको प्रचुर सम्भावना भएको क्षेत्र रहेको भन्दै उक्र क्षेत्रमा लगानी बढाउन लगानीकर्तालाई आग्रह गरे।

प्रकाशित मिति: ११:१७ बजे, सोमबार, कात्तिक २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्