Kathmandu Press

टिकटकका गैरकानूनी सामग्री स्वतः हटाउन सरकारले थाल्यो प्रयास

पाल प्रहरीको साइवर व्युरो लगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयका प्रतिनिधिबीचको छलफलमा गैर कानूनी सामग्री नियन्त्रणबारे छलफल भएको उनले आज विज्ञप्तिमार्फत जानकारी दिएका हुन्।
टिकटकका गैरकानूनी सामग्री स्वतः हटाउन सरकारले थाल्यो प्रयास

काठमाडौं, कात्तिक १९ : सरकारले गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन चर्चित एप टिकटकका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुसँग आग्रह गरेको छ।

गृहमन्त्रालयमा भएको छलफलमा, टिकटकमार्फत सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने, विशिष्ट व्यक्तिहरुको मानमर्दन गर्ने, जातीय, धार्मिक, सामाजिक सद्भाव बिगार्ने र अश्लील खालका गतिविधि तथा सामग्रीहरु हटाउन र त्यस्ता कार्य गर्ने व्यक्तिहरु पत्ता लगाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गरिएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउनेबारे आज भएको नेपाल प्रहरीको साइवर व्युरो लगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयका प्रतिनिधिबीचको छलफलमा गैर कानूनी सामग्री नियन्त्रणबारे छलफल भएको उनले आज विज्ञप्तिमार्फत जानकारी दिएका हुन्।

‘जिम्मेवार नागरिकको रुपमा कानुनसम्मत शिक्षामूलक र सामाजिक सद्भाव नविगार्ने सामग्री मात्र प्रकाशन, प्रसारण गरी असल नागरिकको भूमिका निर्वाह गर्न र गैरकानुनी कार्य गरेवापत हुने कानूनी कारबाहीबाट बच्न सम्बन्धित सबैमा अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

टिकटकका प्रतिनिधिहरुसँग गृह मन्त्रालयमा भएको बैठकमा गृह मन्त्रालयसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षा निकाय लगायतका सरकारी निकायका प्रतिनिधिहरु सहभागी थिए।

 

प्रकाशित मिति: २०:०३ बजे, आइतबार, कात्तिक १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्