Kathmandu Press

जाजरकोटमा मात्रै नौ सय पाँच घर पूर्ण क्षतिग्रस्त

भूकम्पका कारण कुल तीन हजार ६ सय ५० घरमा क्षति पुगेको छ। तीमध्ये पनि नौ सय पाँच घरमा पूर्ण क्षति पुगेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।
जाजरकोटमा मात्रै नौ सय पाँच घर पूर्ण क्षतिग्रस्त

जाजरकोट, कात्तिक १९ : विनासकारी भूकम्पमा परी जाजरकोटमा मात्रै जाजरकोटमा मात्रै नौ सय पाँच घर पूर्ण क्षतिग्रस्त भएका छन्। 

भूकम्पका कारण कुल तीन हजार ६ सय ५० घरमा क्षति पुगेको छ। तीमध्ये पनि नौ सय पाँच घरमा पूर्ण क्षति पुगेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ।

जिल्ला प्रसासन कार्यालयका अनुसार दुई हजार ७ सय ४५ घरमा आंशिक क्षति पुगेको छ। यस्तै भूकम्पका कारण जाजरकोटमा मात्रै एक सय पाँच जनाको मृत्यु भएको तथ्याङ्क यसअघि सार्वजनिक भएको थियो। 

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ जनाको मृत्यु भएको छ। भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन्। 
 
प्रकाशित मिति: १६:५० बजे, आइतबार, कात्तिक १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्