लुम्बिनी प्रदेशका तत्कालीन सचिवसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, कात्तिक १९ : लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसहित चारजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
गैरकानुनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो।
अख्तियारले अधिकारीसहित लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र आधुनिक कृषि किसान संसार र उक्त संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीलाई भ्रष्टाचारमा प्रतिबादी कायम गर्दै मुद्दा दर्ता गरेको हो।
आर्थिक वर्ष २०७५/७६ मा सञ्चालित कृषि यान्त्रिकीकरण कार्यक्रममा कृषकलाई कम गुणस्तरको कृषि उपकरण उपलब्ध गराएर भ्रष्टाचार गरेको अभियोग उनीहरुमाथि लागेको छ।
सम्झौताबमोजिम खरिदसम्बन्धी सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन समेत नगरी भुक्तानी टिप्पणी सदर गरेको निश्कर्षमा अख्तियारको छानविन पुगेको छ। उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप हदैसम्मको सजाय माग गरिएको छ।











