Kathmandu Press

सेती नदी किनार खोंचमा फसेका पर्वतका युवकको सकुशल उद्धार

सेती नदी किनार खोंचमा फसेका पर्वतका युवकको सकुशल उद्धार

पोखरा, कात्तिक १९ : सेती नदी किनारको खोंचमा खसेका पर्वतका एक युवकको प्रहरीले सकुशल उद्धार गरेको छ। शनिबार बेलुका पौने आठ बजेतिर खसेका पर्वत फलेबास नगरपालिका–३ घर भई हाल पोखरा–१५ नयाँगाउँमा बस्दै आएका १९ वर्षीय सुदिप विक सेती नदीको खोंचमा खसेका थिए।

पोखरा महानगरपालिका वडा नम्बर १५ नयाँगाउँस्थित किनारमा धाँजा फाटेको स्थानमा फसेका विकलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सकुसल उद्धार गरेको हो। विक सेतीको खोंचमा परेको सूचनापछि वडा प्रहरी कार्यालय रामबजार, प्रहरी प्रहरी गण पोखरा र सशस्त्र प्रहरी बल २४ नम्बर गण कालिका कास्कीबाट उद्धारका लागि सुरक्षाकर्मी खटिएका थिए। विकलाई शनिबार राति दश बजे उद्धार गरिएको हो। 
 

प्रकाशित मिति: १५:४८ बजे, आइतबार, कात्तिक १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्