Kathmandu Press

कांग्रेस सांसदको १५ दिनको तलब भूकम्प पीडितलाई 

कांग्रेस सांसदको १५ दिनको तलब भूकम्प पीडितलाई 

काठमाडौं, कात्तिक १९ : नेपाली कांग्रेस संसदीय दलले आफ्ना सांसदहरुको १५ दिन बराबरको पारिश्रमिक रकम जाजरकोटका र रुकुम पश्चिमका भूकम्प पीडितलाई दिने निर्णय गरेको छ। 

आज बसेको नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई आफ्ना सांसदहरुको १५ दिन बराबरको पारिश्रमिक सहयोग स्वरुप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले काठमाडौं प्रेसलाई बताए। 

यस्तै दलले उक्त भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुख व्यक्त गर्दै घाइतेको स्वास्थ्य लाभको कामना समेत गरेको छ । यसअघि नेपाली कांग्रेस केन्द्रीय कार्यालयले ५० लाख रकम दिने निर्णय गरिसकेको छ।

प्रकाशित मिति: १४:५९ बजे, आइतबार, कात्तिक १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्