Kathmandu Press

सुनका असर्फी र चाँदीको सिक्का बिक्री खुला [तस्बिरहरू]

राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले आजबाट ६ दिन (कात्तिक १९ देखि २४ सम्म) सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्नेछ। उक्त मितिमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म उक्त सिक्का खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
सुनका असर्फी र चाँदीको सिक्का बिक्री खुला [तस्बिरहरू]

काठमाडौं, कात्तिक १९ : नजिकिँदै गरेको तिहारलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्काको बिक्री खुला गरेको छ। राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले आजबाट ६ दिन (कात्तिक १९ देखि २४ सम्म) सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्नेछ। उक्त मितिमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म उक्त सिक्का खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

BAB_0636-(1)-1699170342.jpg

राष्ट्र बैंकले १० ग्राम, ५ ग्राम र २.५ ग्रामको सुनको असर्फी बिक्री गर्ने भएको छ। सुनको असर्फीको मूल्य हरेक दिन बिहान ११ बजे प्रकाशित हुने जनाइएकाे छ। हिन्दुहरूको दाेस्राे मुख्य चाड तिहारमा सुनको असर्फी र चाँदीको सिक्काको महत्त्व बढी हुने गरेको छ। गत वर्ष मात्रै तिहारमा करिब दुई हजार व्यक्तिले यस्ता असर्फी खरिद गरेको राष्ट्र बैंकले जनाएको छ। 

BAB_0625-(2)-1699170340.jpg

BAB_0631-(1)-1699170342.jpg

BAB_0636-(1)-1699170342.jpg

BAB_0627-(1)-1699170340.jpg

BAB_0623-(1)-1699170339.jpg

BAB_0625-(1)-1699170339.jpg

BAB_0610-(1)-1699170338.jpg

BAB_0614-1699170338.jpg

BAB_0598-(1)-1699170337.jpg

BAB_0601-1699170337.jpg

प्रकाशित मिति: १३:३६ बजे, आइतबार, कात्तिक १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्