Kathmandu Press

सन्दीप जाेरा र कुलश भुर्तेल लगातार ओभरमा आउट, नेपालले गुमायो तेस्रो विकेट

सातौं ओभरको पहिलो बलमा सन्दीप जोरालाई १० रनमा गुमाएको नेपालले आठौं ओभरको पहिलो बलमा कुशल भुर्तेललाई ३१ रनमा गुमायो।
सन्दीप जाेरा र कुलश भुर्तेल लगातार ओभरमा आउट, नेपालले गुमायो तेस्रो विकेट

काठमाडाैं, कात्तिक १९ : कीर्तिपुरस्थित टियू मैदानमा जारी टि–२० विश्वकप छनोटको फाइलनमा नेपालले तेस्रो विकेट गुमाएको छ।

ओमानविरुद्ध लागतार ओभरमा विकेट गुमाएपछि नेपाल दबाबमा परेको छ। सातौं ओभरको पहिलो बलमा सन्दीप जोरालाई १० रनमा गुमाएको नेपालले आठौं ओभरको पहिलो बलमा कुशल भुर्तेललाई ३१ रनमा गुमायो।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ताजा अवस्थामा ९ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ५३ रन बनाएको छ।

नेपालका लागि कुशल भुर्तेएल २२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३१ रन बनाए भने सन्दीप जोराले १०, आसिफ सेखले ६ रन बनाएर आउट भए। अहिले क्रिजमा कुशल भुर्तेलर खेलिरहेका छन्। उनलाई १ रन बनाएका कुशल मल्लले साथ दिइरहेका छन्।

ओमानका लागि विलाल खान, अकिन इलियास र जिसन मक्सुदले विकेट लिए।

प्रकाशित मिति: ११:४२ बजे, आइतबार, कात्तिक १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्