Kathmandu Press

जाजरकोट भूकम्प : १५ करोड ३९ लाख राहत घोषणा, आश्वासन जुट्दै

मित्रराष्ट्रहरु, राजनीतिक दल, व्यवसायी र संस्थाहरुबाट धमाधम आर्थिक सहयोगको घोषणा भइरहेको छ। हालसम्म १५ करोड ३९ लाख एघार हजार नगद सहयोगको घोषणा भएको छ।
जाजरकोट भूकम्प : १५ करोड ३९ लाख राहत घोषणा, आश्वासन जुट्दै

काठमाडौं, कात्तिक १९ : जाजरकोट क्षेत्रमा भूकम्पबाट भएको जनधनको क्षतिमा राहत सहयोग गर्न प्रतिष्पर्धा जस्तै देखिएको छ।

मित्रराष्ट्रहरु, राजनीतिक दल, व्यवसायी र संस्थाहरुबाट धमाधम आर्थिक सहयोगको घोषणा भइरहेको छ। हालसम्म १५ करोड ३९ लाख एघार हजार नगद सहयोगको  घोषणा भएको छ। स्थानीय निकायहरु, प्रदेश सरकार र संघीय सरकारहरुले पनि अलग्गै आर्थिक सहयोगको घोषणा गरिरहेका छन्।

चीन सरकारले तत्काल १० करोड बराबरको सहयोग दिने घोषणा गरेको छ।

भाटभटेनी सुपरमार्केटका संस्थापक मीनबहादुर गुरुङ्गले १ करोड ११ लाख ११ हजार राहत सहायताका लागि आर्थिक सहायताको घोषणा गरिसकेका छन्।

त्यसैगरी, बुद्ध एयरले १ करोड, नेकपा एमालेले १ करोड, नेपाली कांग्रेसले ५० लाख, राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख, एनसेलले ५० लाख, अर्ना वियरले २५ लाख, एनआरएन शर्मा समूहले २१ लाख, एनआरएन केसी समूहले १० लाख, एनआरएन जापान शाखाले १५ लाख र नेपाल विद्यार्थी संघले ७ लाख नगद सहयोगको घोषणा गरिसकेका छन्।

भूकम्प प्रभावित क्षेत्रमा सहायता दिन अमेरिका, भारत, रुस र अन्य राष्ट्रहरुले पनि सरकारलाई सन्देश पठाइसकेका छन्।

 

प्रकाशित मिति: ११:२२ बजे, आइतबार, कात्तिक १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्