Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै 

जाजरकोट भूकम्प लगायतका समसामयिक विषयमा छलफल गर्न उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठक विशेषगरी जाजरकोट भूकम्पबारे केन्द्रीत हुने बताईएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै 

काठमाडौं, कात्तिक १९ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

जाजरकोट भूकम्पलगायतका समसामयिक विषयमा छलफल गर्न उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठक विशेषगरी जाजरकोट भूकम्पबारे केन्द्रीत हुने बताईएको छ ।

बैठक बिहान ११ बजे सभापति देउवाको निवास धुम्बाराहीमा बस्ने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु रहेका रहेका छन् । 
 

प्रकाशित मिति: ०७:५५ बजे, आइतबार, कात्तिक १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्