Kathmandu Press

रूसी राष्ट्रपति पुटिनद्वारा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार एक पत्र पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गरेका हुन्।
रूसी राष्ट्रपति पुटिनद्वारा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं, कात्तिक १८ : रुसका राष्ट्रपति भ्लादीमीर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको  धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार एक पत्र पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरुका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

 

प्रकाशित मिति: १९:३४ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्