Kathmandu Press

जाजरकोट भूकम्पमा १५७ जनाको मृत्यु, १९७ जना घाइते

भूकम्पका कारण जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।
जाजरकोट भूकम्पमा १५७ जनाको मृत्यु, १९७ जना घाइते

जाजरकोट, कात्तिक १८ : शुक्रबार राति जाजरकोटको बारेकोट केन्द्र भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको मृत्यु भएको छ।

भूकम्पका कारण जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।

दुवै जिल्लामा गरी १९७ जना घाइते भएका छन्। जसमा जाजरकोटमा १०५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा ३÷३ तथा रोल्पामा १ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौं तथा अन्य ठाउँमा ल्याउने लगिएको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ  प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

 

प्रकाशित मिति: १८:५६ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्