Kathmandu Press

भूकम्प राहत कोषलाई बुध्द एयरको १ करोड

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुनेगरी रु.१ करोड सहयोग दिने निर्णय गरेको बुध्द एयरले जनाएको छ।
भूकम्प राहत कोषलाई बुध्द एयरको १ करोड

काठमाडौं, कात्तिक १८ : बुध्द एयरले जाजरकोट क्षेत्रका भूकम्प प्रभावित भूभागमा राहत हुनेगरी एक करोड रुपैंयाँ सहयोगको घोषणा गरेको छ। 

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुनेगरी रु.१ करोड सहयोग दिने निर्णय गरेको बुध्द एयरले जनाएको छ।
‘जाजरकोट र पश्चिम रुकुममा भएको प्राकृतिक विपतमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन्।

भूकम्पले थुप्रै परिवार घरबारविहिन भएका छन्। यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ। हामी बुध्द एयर परिवारको तर्फबाट उद्धार र राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनवद्ध छौं।’ बुध्द एयरले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
 

प्रकाशित मिति: १६:४६ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्