Kathmandu Press

पचली भैरवको १२ वर्षे खड्गसिद्धी नाच (फाेटाेफिचर)

प्रत्येक १२ वर्षमा दसैंको टीकाको दिनदेखि एक वर्षसम्म पचली भैरव गण नाच प्रदर्शन हुन्छ।
पचली भैरवको १२ वर्षे खड्गसिद्धी नाच (फाेटाेफिचर)

काठमाडौं, कात्तिक १८ : पचली भैरवको १२ वर्षे खड्गसिद्धी नाच प्रदर्शन जारी छ। नेपाल भाषामा गथु प्याखं पनि भनिने यो नाच बडादसैंको टीकाको दिन टेकुस्थित पचली भैरव मन्दिरबाट सुरु भएको हो। यो नाच काठमाडौंस्थित मरु टोल, हनुमानढोका, लगन टोल, पचली, इन्द्रचोक, असन, भीमसेनथान, नक्साल, हाँडीगाउँलगायत पाटन, भक्तपुर, साँखु, गोकर्ण, चाँगुमा लगेर प्रदर्शन गर्ने चलन छ। 

IMG_6106-1699094795.jpg

प्रत्येक १२ वर्षमा दसैंको टीकाको दिनदेखि एक वर्षसम्म पचली भैरव गण नाच प्रदर्शन हुन्छ। पचली भैरव गणमा कुमारी, गणेशसहित १२ गण रहन्छन्। अब एक वर्षसम्म चल्ने यो खड्ग सिद्धि जात्रा २०८१ सालको बडादसैंको अष्टमीका दिन समापन हुन्छ। नाच समापन भएपछि पात्रहरूले लगाउने सबै मुखौटा टेकु दोभानमा जलाउने परम्परा रहेको बताइन्छ। 

Hardik ivf

IMG_6121-1699094795.jpg

राजतन्त्र हुँदा १२ वर्षमा एकपटक विजयादशमीका दिन राजाले पचली भैरवसँग खड्ग साट्ने परम्परा थियो। तर राजतन्त्र हटेपछि भने यो चलन हटेको छ। हाल राजाको प्रतीक स्वरुप सिंहासनअघि खड्ग साट्ने गरिएको स्थानीय बताउँछन्। पञ्चलिंगेश्वर, पञ्चमुखी लिंगेश्वर र स्वछन्द भैरवको नामले प्रसिद्ध पचली भैरवको जात्रा मनाउने परम्परा नेपाल संवत् ५०५ मा राजा भएका शिवसिंह मल्लले चलाएका हुन् भन्ने इतिहासमा उल्लेख गरिएको छ। देशमा अशान्ति, युद्ध, रोग, शोक आदि केही नहोस् भनी गणनाच नचाइने गरिएको संस्कृतिविद्हरु बताउँछन्।

IMG_6080-1699094793.jpg

IMG_6060-1699094792.jpg

IMG_6008-1699094787.jpg

IMG_6013-1699094787.jpg

IMG_6044-1699094791.jpg

IMG_6055-1699094791.jpg

IMG_5971-1699094786.jpg

IMG_5997-1699094786.jpg

IMG_5910-1699094783.jpg

IMG_5934-1699094783.jpg

IMG_5847-1699094782.jpg

IMG_5864-1699094782.jpg

IMG_5884-1699094782.jpg

IMG_5900-1699094782.jpg

प्रकाशित मिति: १६:३९ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्