Kathmandu Press

काठमाडौंका तत्कालिन सिडिओ रिजालसँग बयान, खापुङ र अर्याललाई बोलाउने तयारी 

प्रदर्शनकाक्रममा किशोरहरूको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भन्दै यतिबेला रिजालको तीव्र आलोचना भइरहेको छ। रिजालको बयान नसकिएकाले शुक्रबार पनि बयानका लागि डाक्ने तयारी भइरहेको छ। 
काठमाडौंका तत्कालिन सिडिओ रिजालसँग बयान, खापुङ र अर्याललाई बोलाउने तयारी 

काठमाडौं, मंसिर १९ : जेनजी प्रदर्शनको घटनामा छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग शुक्रबार पनि बयान लिएको छ। 

मङ्सिर १७ र १८ गते पनि सिंहदरबारस्थित आयोगको कार्यालयमा रिजालसँग बयान लिइएको थियो। जेनजी प्रदर्शनका बेला रिजाल काठमाडौँको प्रमुख जिल्ला अधिकारी थिए। 

Hardik ivf

प्रदर्शनकाक्रममा किशोरहरूको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भन्दै यतिबेला रिजालको तीव्र आलोचना भइरहेको छ। रिजालको बयान नसकिएकाले शुक्रबार पनि बयानका लागि डाक्ने तयारी भइरहेको छ। 

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले अहिलेसम्म सुरक्षा प्रमुखदेखि प्रशासकसम्म करिब १५० जनासँग सोधपुछ र बयान लिइसकेको छ । आयोगले सशस्त्र प्रहरी बलको देशभरको अपरेशन हेर्ने कार्यविभागका प्रमुख एआईजी सिद्धिविक्रम शाह र एआईजी नारायणदत्त पौडलसित पनि घटनाबारे सोधपुछ गरेको थियने । यसबाहेक तत्कालीन उपत्यका प्रहरीका निमित्त प्रमुख ओम रानासहित प्रहरीका २५ जना प्रहरी अधिकारीसँग पनि बयान लिइएको छ। 

नेपाल प्रहरीका तत्कालीन प्रमुख आईजीपी चन्द्रकुबेर खापुङ र सशस्त्र प्रहरी बलको प्रमुख आईजीपी राजु अर्याललाई समेत बयानका लागि बोलाउने तयारीमा आयोग छ। आयोगका अनुसार हालसम्म भदौ २३ गतेको प्रदर्शनमा खटिएका प्रहरीको बयान सकिएको छ। 

प्रकाशित मिति: १४:३५ बजे, शुक्रबार, मंसिर १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्