Kathmandu Press

भूकम्प प्रभावित क्षेत्रबाट फर्किंदै प्रधानमन्त्री दाहाल 

भूकम्प प्रभावित क्षेत्रबाट फर्किंदै प्रधानमन्त्री दाहाल 

काठमाडौं, कात्तिक १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किंदै छन्।

नेपाली सेनाको हेलिकप्टरबाट बिहान चिकित्सकको टोलीसहित प्रभावित क्षेत्र पुगेका प्रचण्ड उद्धारका लागि हेलिकप्टर उतै छोडेर नियमित जहाजबाट काठमाडौं फर्किन लागेका हुन्।  उनी दिउँसो २ः३० बजे नेपालगञ्जबाट काठमाडौं फर्किने दाहालको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । 

प्रभावित क्षेत्रमा झन्डै ७ घण्टा स्थलगत निरिक्षण गरेका प्रधानमन्त्री दाहाल आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत् साँढे ६ बजे नै जाजरकोट प्रस्थान गरेका थिए।
 

प्रकाशित मिति: १४:१० बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्