Kathmandu Press

सरकारले भूकम्प प्रभावित जिल्लाका लागि तत्काल ५/५ करोड पठाउने

सरकारले भूकम्प प्रभावित जिल्लाका लागि तत्काल ५/५ करोड पठाउने

काठमाडौं, कात्तिक १८ : सरकारले भूकम्प प्रभावितको उद्धार र राहतका लागि राहत व्यवस्थापन कोषबाट ५/५ करोड तत्काल पठाउने निर्णय भएको गरेको छ। 

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले पश्चिम नेपालमा गएको भूकम्प प्रभावितको राहतका लागि सो रकम पठाउने निर्णय गरेको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताए।

बैठकले राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको उनकाे भनाइ छ। कम्बल, पाल, खाद्यान्न पठाउने काम भइसकेको र अपुग भएको अवस्थामा तुरुन्तै खबर गर्न प्रादेशिक सरकार र जिल्ला व्यवस्थापन समितिलाई निर्देशन दिइसकिएको बैठकपछि उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘संघीय सरकार, प्रदेश र स्थानीय सरकारसंग समन्वय गरेर सर्च रेस्क्यू र रिलिफका काम अघि बढाइरहेका छौं। त्यस अन्तर्गत दुवै जिल्लालाई राहत व्यवस्थापन कोषबाट पाँच पाँच करोड रुपैयाँ तत्काल पठाउने निर्णय गरेका छौँ।’

त्यस्तै उनले घाइतेहरूलाई शीघ्र उपचार गर्ने क्रमलाई उच्च प्राथमिकतामा राखेको बताए। उनले सुर्खेतलाई मूल बेस र सहायक बेस नेपालगञ्जलाई बनाएर राहत वितरण कार्य एकद्वार प्रणालीमा अघि बढाएकोसमेत जानकारी दिए। 
 

प्रकाशित मिति: १४:२८ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्