भूकम्पले पुर्याएको क्षति र उद्धार [तस्बिरहरू]
छिल्लो अपडेटअनुसार भूकम्पका कारण जाजरकोटमा मात्रै ९८ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ। जाजरकोटमा ५५ जना र ८५ जना घाइते भएका छन्।![भूकम्पले पुर्याएको क्षति र उद्धार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/cover-1699083472.jpg)
रुकुम पश्चिम, कात्तिक १८ : शुक्रबार मध्यरातमा जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा मानवीय तथा भौतिक क्षति भएको छ। पछिल्लो अपडेटअनुसार भूकम्पका कारण जाजरकोटमा मात्रै ९८ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ। जाजरकोटमा ५५ जना र ८५ जना घाइते भएका छन्। आसपासका अन्य जिल्लाहरूमा पनि भौतिक क्षति भएका समाचारहरू आइरहेका छन्।
(1)-1699083524.jpg?timestamp=1699084555123)
भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सांसदहरू जनार्दन शर्मा र शक्ति बस्नेतलाई लिएर जाजरकोट र रुकुम पश्चिम पुगेका थिए। प्रधानमन्त्री दाहाल गएकै हेलिकोप्टरबाट पनि केही घाइतेहरूको उद्धार गरिएको थियो। अस्पताल पुगेर प्रधानमन्त्री दाहालले घाइतेहरूको स्थितिबारे जानकारी लिएका छन् । साथै भूकम्प पीडितहरूको उद्धार तथा राहतको अवस्थाबारे पनि जानकारी लिएका छन्।
-1699083524.jpg?timestamp=1699084555123)
सरकारले स्वास्थ्यकर्मीहरुको टोली घटनास्थल पठाइसकिएको जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरुको उपचार सरकारले निःशुल्क गर्ने बताएका छन्। प्देश सरकारहरुले पनि राहत रकम सहयोगको घोषणा गर्दै राहत सामग्री, स्वास्थ्यकर्मीको टोलीलाई भूकम्प प्रभावित क्षेत्रमा पठाइरहेका छन्। भूकम्पकाे धक्का काठमाडौैदेखि भारतको नयाँ दिल्लीसम्म महसुस गरिएको जनाइएकाे छ।
(1)-1699083523.jpg?timestamp=1699084555123)
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका साथै तीनै तहका सरकार, स्थानीय संघसंस्थाको सक्रियतामा उद्धारलाई तीव्रता दिइएको छ। राष्ट्रिय तथा राष्ट्रिय निकाय तथा संघसंस्थाले राहत, उद्धार र पुनर्निर्माणमा प्रतिबद्धताहरू व्यक्त गर्ने क्रम जारी छ।उद्धार, उपचार र राहतका लागि स्वास्थ्यकर्मी, उद्धारकर्मी र राहत सामग्री लिएर नेपाली सेनाका तीन हेलिकप्टर, नेपाल वायु सेवा निगमको एक जहाज जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।
(2)-1699083523.jpeg?timestamp=1699084555123)
-1699083518.jpg?timestamp=1699084555123)
(2)-1699083518.jpg?timestamp=1699084555123)
(3)-1699083520.jpeg?timestamp=1699084555123)
(1)-1699083520.jpg?timestamp=1699084555123)
(3)-1699083515.jpg?timestamp=1699084555123)
(4)-1699083515.jpg?timestamp=1699084555123)
-1699083514.jpg?timestamp=1699084555123)
(1)-1699083514.jpg?timestamp=1699084555123)
(1)-1699083511.jpg?timestamp=1699084555123)

(1)-1699083513.jpg?timestamp=1699084555123)
(1)-1699083513.jpg?timestamp=1699084555123)


















