भूकम्पबाट भएकाे क्षतिबारे निर्णय लिन प्रधानमन्त्री दाहालले डाके मन्त्रिपरिषद्को बैठक

काठमाडौं, कात्तिक १८ : जाजरकोटलाई केन्द्रबिन्दु बनाएर भूकम्पका कारण भएकाे जनधनको क्षतिबारे निर्णय लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। प्रधानमन्त्री दाहालले आइतबार बिहान ८ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको उनकाे सचिवालयले जानकारी दिएकाे छ।
बैठकले भूकम्पपीडितलाई राहत, उद्धार तथा पुनःस्थापनाबारे थप निर्णय लिने जनाइएकाे छ। प्रधानमन्त्री दाहालले शनिबार भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै भूकम्पपीडितहरूको उद्धार तथा राहतको अवस्थाबारे पनि जानकारी लिएका छन्।
प्रकाशित मिति: १३:५३ बजे, शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











