भूकम्प घाइतेको उद्धार र उपचार नै सरकारको पहिलो प्राथमिकता : उपप्रधानमन्त्री खड्का

काठमाडौं, कात्तिक १८ : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले, राज्यको सम्पूर्ण शक्ति भूकम्प पीडितको राहत तथा उद्धारमा केन्द्रित गरिएको बताएका छन्।
शनिबार भूकम्प प्रभावितको उद्धारका लागि प्रभावित क्षेत्र जानुअघि सुर्खेत विमानस्थलमा खड्काले, राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी भूकम्पका घाइतेलाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा औषधोपचार गर्नु नै पहिलो प्राथमिकता भएको बताए। दिनभरि घाइतेलाई पहिलो प्राथमिकतामा राखेर उपचार गरिने उनको भनाइ छ।
उनले भने, ‘पीडितको उद्दारका लागि सक्रियतापूर्वक लागेका छाैं। जति पनि हामीसँग साधन छन् सबै परिचालन गरेका छौं। हामी पाँचवटा हेलिकप्टर प्रयोग गरेर पहिला आज दिनभरि दुर्घटना भएको ठाउँबाट बिरामीहरुलाई स्वास्थ्य संस्था पुर्याउने काम गछौं। त्यसपछि मात्रै गर्नुपर्ने प्रारम्भिक उद्दार र राहतको कार्य सुरु गर्नेगरी संयोजन गरेर काम अगाडि बढाएका छौं।’











