जाजरकोट भूकम्पबारे अमेरीकी दूतावासले भन्यो- पुनर्निर्माणमा सघाउन तत्पर छाैं

काठमाडौं, कात्तिक १८ : कर्णाली प्रदेशको जाजरकोट जिल्ला रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ।
शनिबार दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गरेको हो। जाजरकोट र रुकुम पश्चिममा भूकम्पले ठूलो मानविय र भौतिक क्षति गरेको छ। उक्त घटनाप्रति दुःख व्यक्त गर्दै दूतावासले भूकम्पछिको पुर्ननिर्माणमा नेपाललाई अमेरीकाले सहयोग गर्ने जनाएको छ।
दूतावासले लेखेको छ, ‘ नेपालको जाजरकोट र रुकुम–पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबर प्रति नेपालस्थित अमेरिकी दूतावास गहिरो दुःख व्यक्त गर्दछ। यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ।’
प्रकाशित मिति: १२:५९ बजे, शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











