Kathmandu Press

भूकम्पमा परी रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु

मृत्यु हुने ती सबै आठबिसकोट नगरपालिका–१४ का हुन्।
भूकम्पमा परी रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु

रुकुम पश्चिम, कात्तिक १८ : शुक्रबार राति आएको भूकम्पका कारण रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु भएको छ।

मृत्यु हुने ती सबै आठबिसकोट नगरपालिका–१४ का हुन्।

तीमध्ये हल्देटोलका २, ज्यामिरकोटका ९, छेपारेका ११, बाँकेटोलका १ र पिपल चौरका १ जना छन्। यहाँ अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ पुगेकाे छ।

प्रकाशित मिति: १२:४९ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्