Kathmandu Press

भूकम्पपीडितलाई सुदूरपश्चिम सरकारले १ करोड दिने 

शनिबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिएका छन्।
भूकम्पपीडितलाई सुदूरपश्चिम सरकारले १ करोड दिने 

काठमाडौं, कात्तिक १८ : सुदूरपश्चिम प्रदेश सरकारले गएराती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका पीडितलाई सहयोग गर्न एक करोड रुपैयाँ राहत दिने निर्णय गरेको छ।

शनिबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले भूकम्प प्रभावितहरूको राहतका लागि एक करोड रूपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिएका छन्।

भूकम्प प्रभावित क्षेत्रमा २० जना स्वास्थ्यकर्मीको टोली पठाउने निर्णय पनि बैठकले गरेको छ। 

प्रदेश सरकारले भूकम्पमा परी ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका आफन्तजन र परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै सरकारले घाइतेको शीघ्र स्वास्थ लाभको कामना पनि गरेको छ।
 
प्रकाशित मिति: १२:३५ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्