Kathmandu Press

जाजरकोट भूकम्पप्रति भारतीय प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

नेपालको जाजरकोट रामीडाडाँ केन्द्रविन्दु भई गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति उनले गहिरो दुख लागेको भन्दै आवश्यक सहयोग गर्न भारत सरकार तयार रहेको बताएका छन्।
जाजरकोट भूकम्पप्रति भारतीय प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं, कात्तिक १८ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पमा परी भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका व्यक्तिका परिवारमा समवेदना प्रकट गरेका छन्।

नेपालको जाजरकोट रामीडाडाँ केन्द्रविन्दु भई गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति उनले गहिरो दुख लागेको भन्दै आवश्यक सहयोग गर्न भारत सरकार तयार रहेको बताएका छन्।

‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ । भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ,’ उनले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘हाम्रो विचार शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’

प्रकाशित मिति: १२:२३ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्