भूकम्प पीडितको उद्धार र राहतका लागि कांग्रेसले पचास लाख दिने
गएरातिको जाजरकोटमा गएको भूकम्पबाट ठूलो संख्यामा नागरिकको ज्यान गएको र धेरै भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै विपदको समयमा सरकारलाई सघाउन तयार रहेको नेपाली कांग्रेसले जनाएको छ।
काठमाडौं, कात्तिक १८ : नेपाली कांग्रेसले भूकम्प पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारलाई पचास लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ
गएरातिको जाजरकोटमा गएको भूकम्पबाट ठूलो संख्यामा नागरिकको ज्यान गएको र धेरै भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गर्दै विपदको समयमा सरकारलाई सघाउन तयार रहेको नेपाली कांग्रेसले जनाएको छ।
नेपाली कांग्रेसले उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा पचास लाख रुपैंयाँ उपलब्ध गराउने निर्णय गरेको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिएका छन्।
कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न समेत अपिल गरेको छ।
भूकम्पका कारण जाजरकोट र रुकुम (पश्चिम) लगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति सँगै धेरै नागरिक घाइते भएका छन्।
प्रकाशित मिति: १२:१७ बजे, शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार