जाजरकोट भूकम्प अपडेट : जाजरकोटमा ९८ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु
शुक्रबार मध्यराति जाजरकोटको बारेकोट केन्द्रविन्दू भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १३६ जनाको मृत्यु भएको छ।
जाजरकोट, कात्तिक १८ : शुक्रबार मध्यराति जाजरकोटको बारेकोट केन्द्रविन्दू भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १३६ जनाको मृत्यु भएको छ।
भूकम्पका कारण जाजरकोटमा मात्रै ९८ जनाको मृत्यु भएको छ भने रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ।
भूकम्पले बढी प्रभावित भएका जाजरकोटका भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका स्थानीयको मृत्यु भएको छ।
जाजरकोटमा ५५ जना घाइते भएको प्रहरीले जनाएको छ। जसमध्ये ३३ जनाको जाजरकोट र २२ जनालाई थप उपचारकालागि सुर्खेत रिफर गरिएको प्रहरीले जनाएको छ।
रुकुम पश्चिममा अहिलेसम्म भूकम्पका कारण ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन्। घाइते मध्ये गम्भीर रहेका ७ जनालाई उद्धार गरेर उपचारकालागि सुर्खेत लगिएको छ भने १० जनालाई नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:०३ बजे, शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











