Kathmandu Press

कर्णाली सरकारले भूकम्प पीडितको राहत र उद्धार तिव्र बनाउने

घाइतेको उद्धार र प्रभावितलाई राहतका लागि सबै निकायसँग सहकार्य गर्दै सहयोगका लागि आह्वान गर्ने बैठकले निर्णय गरेको हो।
कर्णाली सरकारले भूकम्प पीडितको राहत र उद्धार तिव्र बनाउने

सुर्खेत, कात्तिक १८ : कर्णाली प्रदेश सरकारको आज बिहान आकस्मिक बसेको मन्त्रिपरिषद्को बौठकले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने निर्णय गरेको छ।

घाइतेको उद्धार र प्रभावितलाई राहतका लागि सबै निकायसँग सहकार्य गर्दै सहयोगका लागि आह्वान गर्ने बैठकले निर्णय गरेको हो।

कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बैठकले प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पठाउने र नपुगेको सामग्री खरिद गर्ने निर्णय भएको जानकारी दिए।

प्रदेशमा उपलब्ध स्रोत साधन र संयन्त्र प्रभावितको उद्धारका लागि परिचालन गर्ने निणर्य समेत बैठकले गरेको छ।

उनका अनुसार प्रदेश सरकारले नेपाली सेनासँग समन्वय गरी सुर्खेत एअरवेजमा रहेको हेलिकप्टरमार्फत चिकित्सक पठाउने र बिरामी ल्याउने काम पनि गरिरहेको  छ।

काठमाडौंबाट रुकुम पश्चिमका घाइते र प्रभावितको उद्दारका लागि नेपाल एअरलायन्सको जहाज र स्क्याइ ट्रक थप स्वास्थकर्मी सहित सल्ले विमानस्थल मुसिकोट पठाइएको छ।

 

प्रकाशित मिति: ०९:५२ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्