Kathmandu Press

संसदका दुवै सदनका प्रमुखद्वारा भूकम्प पीडितप्रति सहानुभूति

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जाजरकोट भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपत्तिको क्षणमा सिङ्गो राष्ट्र एक भएर घाइतेहरूको उद्धार, राहत तथा पुनस्र्थापनामा जुट्न अपील गरेका छन्।
संसदका दुवै सदनका प्रमुखद्वारा भूकम्प पीडितप्रति सहानुभूति

काठमाडौं, कात्तिक १८ : सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जाजरकोट भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपत्तिको क्षणमा सिङ्गो राष्ट्र एक भएर घाइतेहरूको उद्धार, राहत तथा पुनस्र्थापनामा जुट्न अपील गरेका छन्।

सामाजीक सञ्जाल फेसबुकमार्फत सभामुख घिमिरेले लेखेका छन्,‘जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दछु । उद्दार र राहतमा सक्रिय रुपमा जुट्न तीनै तहका सरकार, नागरिक समाज, व्यवसायी तथा सबैमा अनुरोध गर्दछु।’

गता राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र पश्चिम रुकुम लगायतका जिल्लामा ठूलो मानवीय र भौतिक क्षति पुगेकोमा दुख व्यक्त गर्दै विपतको बेला सबै एकजुट हुनुपर्ने बताएका छन्।

शनिबार विज्ञप्ति जारी गर्दै उनले विपद्को समयमा घाइतेको उपचार पीडितको उद्धार, राहत र पुर्नःस्थापनामा सबै मिलेर एकजुट जुट्नुपर्ने बताएका हुन्।

प्राकृतिक विपत्तिको यो क्षणमा सिङ्गो राष्ट्र नै एक भएर समयमा नै घाइतेहरूको उद्धार र पीडितहरूका लागि राहत तथा पूर्नस्थापनाका लागि उनले  राहत र उद्धारका लागि सरकार, सबै राजनैतिक दल, सुरक्षा निकाय र नागरिक समाजलाई आग्रह समेत गरेका छन्।

जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण सय जना भन्दा बढीको ज्यान गएको छ भने धेरै घाइते भएका छन्।

प्रकाशित मिति: ११:४७ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्