वीर र सशस्त्र प्रहरी बलको अस्पतालको स्वास्थ्य टोली भूकम्प प्रभावित क्षेत्र प्रस्थान

काठमाडौं, कात्तिक १८ : वीर अस्पताल र सशस्त्र प्रहरी बलको अस्पतालको स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित पश्चिम रुकुम र जाजरकोट गएको छ।
सशस्त्र प्रहरी बलको अस्पतालबाट ८ जना र वीर अस्पतालबाट ६ जना गरेर १४ जना स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको स्काई ट्रकमार्फत भूकम्प प्रभावित क्षेत्र गएको हो।
दाङबाट विपद् उद्दारका लागि डीआरएस (डिजास्टर रेस्पोन्स सिस्टम) को कन्टेनर पश्चिम रुकुमतर्फ पठाइएको । त्यस्तै, सुर्खेतबाट दुई वटा कन्टेनर जाजरकोटतर्फ पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
प्रकाशित मिति: ०८:४५ बजे, शनिबार, कात्तिक १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











